Ultimate magazine theme for WordPress.

एक महिना नबित्दै बिरगंज भन्सार राजस्व गस्ति टोलिद्वारा करोडौको मालसमान बरामद

356

पर्सा, ११ भाद्र / नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंज भन्सारको राजस्व गस्ती टोलिले एक महिना नबित्दै १ करोड बराबरको अबैध मालसमान पक्राउ गरेको छ । आर्थिक राजधानीको रूपमा चिनिने बिरगंज क्षेत्र तस्करहरूको अखडा बन्दै गएको बेला सशस्त्र प्रहरीको निगरानी बढे पश्चात् बिरगंज भन्सार राजस्व गस्ती टोलिले एक महिना नबित्दै करोडौ बराबरको अबैध तरिकाले भित्रयाइरहेको मालसमान पक्राउ गर्न सफल भएको हो ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिले श्रावण महिनामा मात्र ४३ लाख मूल्य बराबरको अबैध तरिकाले नेपाल भित्रयाइरहेको कपडा, हार्डवेयर लगायतका समाग्री पक्राउ गरेको थियो भने भाद्र महिनाको ११ गतेसम्म ७० लाख मूल्य बराबरको मालसामान पक्राउ गर्न सफल भएको छ । भन्सारको राजस्व छलि हुन नदिन खटिएको सशस्त्र प्रहरीको राजस्व गस्ती टोलिले सीमा लगायत भन्सार क्षेत्रबाट हुने गरेको अबैध कारोबार माथि निगरानी बढाउनसाथ एक महिना नबित्दै करीब १ करोड १३ लाख बराबरको मालसमान पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.