Ultimate magazine theme for WordPress.

उपनिर्वाचन अपडेट: उम्मेदवारहरु जित्ने ठोकुवा गर्दै, मतदातामा अन्यौलता

38

बारा, २२ चैत्र / बैशाख १० गते हुन गइरहेको उपनिर्वाचन नजिक्दै जादा बिभिन्न पार्टीका उम्मेदवारहरु आफ्नै जित सुनिश्चित रहेको ठोकुवा गर्दै हिडेका छन । तर स्थानीय मतदाताहरुमा कसलाई मतदान गर्दा क्षेत्रको भल्लो अथवा विकास हुने हो, भन्ने बिषयमा अन्यौलमा परेका देखिन्छन । बिभिन्न पार्टीका नेता तथा उम्मेदवारहरुले घरदैलो कार्यक्रम समेत तिब्र पारेका छन ।
बाराको निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुले यसपालिको निर्वाचनमा जातपात भन्दापनि क्षेत्रमा गर्न सक्ने विकास प्रेमीलाई नै निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन । जातपात जस्ता हिंसात्मक सोचकै कारण हालसम्म मधेसमा विकास तथा प्रगति हुन नसकेको बताउदै मतदाताहरुले यसपालि हुन गइरहेको निर्वाचनमा विकास प्रेमी तथा मधेसको मुद्धालाई बलियो बनाउनेलाई नै निर्वाचित गराउने बताएका हुन ।
उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीको तर्फबाट उम्मेदवार शिवचन्द्र कुश्वाहा बलियो उम्मेदवारको रुपमा रहेको मतदाताहरु नै बताउछन । बिभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरी उपनिर्वाचनमा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन । तर उपनिर्वाचनमा ३६ जना उम्मेदवार मध्ये दुई पक्षका उम्मेदवार बलियो देखा परेको स्थानीय मतदाता बताउछन । मतदाताका अनुसार अरु तिर मतदान गरी आफ्नो मत खेर फाल्न नसक्ने अवस्थाका कारण यसपालि यी दुई पक्षका उम्मेदवार मध्ये एक जनालाई नै मतदान गरी निर्वाचित गराउने बताएका छन ।
जनमत पार्टीबाट उम्मेदवारी दिनु भएका शिवचन्द्र कुश्वाहाले आफु जनता बिच रहि सेवा गर्दै आएका कारण क्षेत्र नम्बर २ का मतदाताले यसपालिको उपनिर्वाचनमा आफैलाई मतदान गरी बिजयी गराउने विश्वस्त रहेको जनाएका छन भने एकातिर जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिनु भएका उपेन्द्र यादवले क्षेत्र नम्बर २ को विकासको निम्ति, मधेसी जनताको हकहितका निम्ति, मधेसमा आउने गरेको समस्याको निम्ति मतदाताहरुले आफुलाई नै निर्वाचित गराउने विश्वास व्यक्त गर्नुभयो ।
मतदाताकै मतबाट निर्वाचित हुने उम्मेदवारहरु निर्वाचन भन्दा अगाडी नै आफै जित्ने ठोकुवा गर्दै हिडेका छन । तर, मतदाता भने हालसम्म कसलाई मतदान गर्दा क्षेत्रको विकास हुन सक्ने, मधेसको अवाज बुलन्द हुन सक्ने भन्ने बिषयमा चिन्तित रहेको देखिन्छन ।

Leave A Reply

Your email address will not be published.