Ultimate magazine theme for WordPress.

उच्चस्तरीय व्यवस्थापन तालिम र व्यवस्थापन तथा योजना तालिम सम्पन्न

211

उमेश दुबे
पर्सा, ८ फाल्गुन ÷ त्रिभुवन विश्वबिद्यालय र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा संचालित सि.सं.३ उच्चस्तरीय व्यवस्थापन तालिम र सि.सं. ३ व्यवस्थापन तथा योजना तालिम सम्पन्न भएको छ । त्रिभुवन विश्वबिद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित समापन समारोहमा सि.सं.३ उच्चस्तरीय व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सि.सं. ३ व्यवस्थापन तथा योजना तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा उपकुलपति डा. धर्मकान्त बास्कोटाले ज्ञान जति बाड्न सकियो त्यती नै बढ्ने चर्चा गर्नुभयो । उहा“ले तालिमले व्यक्तिको व्यक्तित्व बिकास गर्नुुकासाथै व्यावसायिक क्षमतामा अभिबृद्धि गरी सांगठनिक बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको लक्ष्य तथा उद्देश्य प्राप्तीका लागि नेतृत्व तहमा रहने अधिकृतहरुका लागि आवश्यक कुशल व्यवस्थापकिय क्षमता, योजना तर्जुमा तथा नेतृत्व क्षमता बिकासका लागि संगठनले निरन्तर रुपमा विशेष महत्वकासाथ यस्ता तालिमहरु संचालन गर्दै आईरहेको बताउनुभयो । उहा“ले भोलिका दिनमा सांगठानिक कामकारवाही चुस्त दुरुस्त तथा उत्कृष्ट ढंगले प्रभावकारी रुपमा सम्पादन गर्नका लागि यस्ता उच्चस्तरीय तालिमको विशेष महत्व रहने उल्लेख गर्नुभयो । त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुसालले तालिमबाट प्राप्त ज्ञानको उपयोग गर्दै प्रशिक्षार्थी सशस्त्र प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका संयोजक त्रिभुवन विश्वबिद्यालयका सह–प्राध्यापक डा. नरेन्द्रराज पौडेलले त्यसअवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । एक महिना कार्य अवधिको उच्चस्तरीय व्यवस्थापन तालिममा ६ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु तथा व्यवस्थापन तथा योजना तालिममा २० जना सशस्त्र प्रहरी उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगाएत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.