Ultimate magazine theme for WordPress.

इन्डो अस्पतालको चरम लापरबाहीका कारण बालकको मृत्यु

422

पर्सा, १८ बैशाख / बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको इन्डो अस्पतालका चिकित्सकको लापरबाहीका कारण एक बालकको मृत्यु भएको छ । आज बिहान ६ बजे उपचार गराउन आएका बालकको सहि समयमा उपचार नहुदा मृत्यु भएको हो ।
बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको इन्डो अस्पतालमा मृत्यु भएका बालकको आफन्तले खबर गर्नसाथ पत्रकारको टोलि घटना स्थल पुगेको थियो । पत्रकारको टोलि घटना स्थल पुग्दा अस्पतालका कर्मचारीका साथ साथै उपचारमा सन्लग्न डाक्टरहरू फरार समेत भएका थिए । घटना सथलमा पुगेका प्रत्रकारको टोलिलाइ देख्नसाथ चिकित्सकहरू फरार हुनु नै चिकित्सकको लापरबाहीको बिषयमा प्रष्ट पारेको छ ।


मृतक वजिल आलमका आफन्तले यस बिषयमा डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन । मृतक आफन्तका अनुसार उपचार गराउन आएपनी डाक्टरको अनुपस्थित र कम्पाउन्डर आफ्नो मनोमानी तरिकाले औषधी चलाएको कारण मृत्यु भएको आरोप लगाए । स्वास्थय चेक गराउन आएका बिरामीको मृत्युको बिषयमा अस्पतालका कर्मचारी सङ्ग बुझन खोज्दा कर्मचारी लगायत अस्पतालका चिकित्सकहरू घटना स्थलबाट फरार भएका थिए ।
यस्तो तरिकाको मृत्युको बिषयमा आफ्नो जिम्मेवारीबाट पन्छिदै घटना स्थलबाट फरार हुनु आफैमा शन्काको घेरामा परेको बिषयमा यस कार्यले प्रष्ट पारेको छ । यस्ता गतिविधि गर्ने कुनैपनी अस्पतालको बिषयमा समबन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.