Ultimate magazine theme for WordPress.

आयोजना र ठेकेदारको चरम लापरवाहीले निर्माण हुन सकेन लैण्डफिल्ड साइट

146

पर्सा, २३ माघ ÷ वीरगंज महानगरपालिका भित्र फोहरलाई प्रशोधन गरि मल उत्पादन गर्ने उद्देश्य सहित वडा नं. १६ नगवा स्थित निर्माण कार्य शुरु गरिएपनि हालसम्म निर्माण हुन सकेको छैन । एशियाली विकास बैंकको ऋण सहयोगमा (ए.डि.वि.) योजना अन्तर्गत निर्माण भइरहेको लैण्डफिल्ड साइटको ३ साल बितिसक्दापनि हालसम्म निर्माण कार्य सम्पन्न भएको छैन ।
सन् २०१६ अप्रिल १ तारेखको दिन शिलान्यास गरिएको उक्त लैण्डफिल्डको निर्माण अवधि २०१८ मार्च ३० तारेखसम्म थियो तर केही कामलाई बढाइएकोले त्यसको मूल्याँकन गरि साढे तीन महिनाको म्याद थप गरि २०१८ जुलाई १५ तारेखसम्म पु¥याइएको थियो । त्यस पश्चात पनि कामले तिब्रता नपाएपछि पुनः दोश्रो पटक ५ महिनाको म्याद थप गरि २०१८ डिसेम्बर १५ तारेखको अन्तिम म्याद पु¥याइएको छ । दोश्रो पटक थप गरिएको म्याद पनि सकि सक्दा पनि लैण्ड फिल्ड साइट निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन ।फोहर व्यवस्थापनको निम्ति निर्माण हुन लागेको लैण्डफिल्डको कार्य समयमै सम्पन्न नहुनु दुरभाग्यको कुरो रहेको स्थानिय श्याम शंकर चौरसियाले बताउनु भयो ।
नगरको विभिन्न स्थानमा जथाभावी फोहरको डुँगुर थुप्रि रहेको अवस्था छ, जसले गर्दा नगरबासीले लामखुट्टेको समस्यादेखि दुर्गन्धको समस्या खेप्न बाध्य छन् । महानगरपालिकाले सधैं नगरभरिको फोहर संकलन गरेतापनि संकलित फोहरलाई व्यवस्थापन गर्न नसकिएको कारण त्यो स्थान पनि फोहर बनि रहेको छ । जसको ज्वलन्त उदाहारण सिर्सिया नदी हो । जसको छेउमा फोहरको डुँगुर नै छ । शंकराचार्य गेटदेखि पश्चिम तर्फ फोहरको डुंगुर नै थुपारिएको छ । महानगरपालिका भित्रको फोहर लगायत घरपालुवा जनावरहरु त्यही लगेर फाल्ने गरेको कारण छेउछाउका स्थानीयबासी मर्कामा पर्ने गरेका छन् । वीरगंज महानगरपालिकाको स्थित नराम्रो र ठेकेदारको लापरवाहीले समयमा निर्माण हुन नसकेको स्थानिय कृष्णप्रसाद कुश्वाहाले बताउनु भयो ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाका अनुसार लैण्डफिल्ड साइडको निर्माण हुन नसक्दा नेपाल र भारतको सीमा स्थित रहेको नदी नाला लगायत बिभिन्न ठाउहरुमा फोहर राख्ने काम भएको स्विकारे । वीरगंज महानगरपालिकाको फोहर व्यवस्थापन हुन नसक्दा स्थानियहरुको जनजिवन कष्टकर हुदै गएपनि लैण्डफिल्ड साइडको निर्माण नहुन्जेल यस्तै किसिमको कार्य हुने स्विकारे । फोहरको कारण महामारी हुने सम्भावना बढेको वडा अध्यक्ष श्यामबाबु चौरसियाले स्विकार्नु भयो ।
लैण्डफिल्ड साइडको आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार आयोजनाको कार्य प्रगति अन्तिम चरनमा पुगेको बताउनु भयो । उहाले भ्वाइस ट्रक नहुदा समस्या भएपनि अब केही दिनमा भ्वाइस ट्रक ल्याउने बताउनु भयो । संचालन गर्नुपर्ने अवस्था भएपनि भ्वाइस ट्रक नहुदा संचालन हुन नसकेको आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनु भयो ।
एशियाली विकास बैंकको ऋण सहयोगमा (ए.डि.वि.) योजना अन्तर्गत निर्माण भइरहेको लैण्डफिल्ड साइटको चाइनिज ठेकेदार कम्पनी जोन्डिड्ड इन्टरनेशनल इन्जिनियरिड्ड कम्पनीले ४७ करोड ९१ लाखमा ठेक्का साकार गरेको थियो तर लैण्डफिल्ड साइटमा केही कामहरु बढाएपछि रकमलाई पुनः बढाई ५४ करोड ७४ लाख रकम ठेक्का पु¥याइएको छ । कागजातको आधारमा चाइनिज कम्पनीले लैण्ड फिल्ड साइटको ठेक्का लिएतापनि निर्माण कार्य भने पप्पु कन्स्ट्रक्सनका संचालक सुमति रौनियारले गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.