Ultimate magazine theme for WordPress.

अाज १ सय २३ औं माओ दिवस

127

काठमाडाैँ, पौष – ११ :  १ सय २३ औं माओ दिवस माओ सिद्धान्त मान्ने कम्युनिष्ट घटकले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन ।
२६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तको साओसानमा जन्मिएका चिनियाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् ।
जन्मदिनको अवसरमा एकिकृत नेकपा माओवादीले लगायत अन्य कम्यसनिष्ट पार्टीले राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । भने नेकपा क्रान्तिकारी माओवादीले कुपनडोल ललितपुरमा कार्यक्रम गर्ने तयारी गरेको छ ।
माओकै सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध सशस्त्र संघर्ष गरेको थियो ।
माओ दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमार्फत् मुलुकलाई एकताबद्ध गरी, संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले   विज्ञप्ती निकालेर नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडी बढीरहने प्रतिवद्धता व्यक्त  गरे ।

Leave A Reply

Your email address will not be published.