Ultimate magazine theme for WordPress.

अहमदिया संघको एक दिवसीय बार्षिक जलसा सालाना प्रसौनीभाठ्ठामा हुने

110

वीरगन्ज,माघ १४ : विगतको वर्ष झै यस वर्ष पनि अहमदिया संघले पर्साको प्रसौनी भाठ्ठामा एक दिवसीय बार्षिक जलसा सालाना आयोजना गर्ने भएको छ ।

‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय अहमदिया संघको चौथो बार्षिक जलसा सालाना यही माघ १५ गते शनिबार प्रसौनी भाठ्ठामा हुने भएको अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीले बताए ।

रानीघाट स्थित हरिओम पार्टी पैलेसमा आयोजित पत्रकार सम्मेलनमा सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर श्रष्टालाई सम्झने उद्देश्यले प्रत्येक वर्ष जलसाको आयोजना गर्ने गरिएको बताइयो ।

यस जलसामा नेपालका विभिन्न जिल्लाहरु झापा, सुनसरी, सप्तरी, सिरहा, पर्सा, काठमाडौं, तनहुँ, चितवन तथा धनगढी लगायत भारत भुटानका व्यक्तिहरुको समेत सहभागिता रहने होदाले बताए ।

पञ्जाब भारतबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष अघि ईस १८९१ मा कादियानबाट शुरु गरेको यस जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशहरुमा गर्ने गरिन्छ । अहमदिया मुस्लिम जमात एक विसुद्ध धार्मिक तथा अध्यात्मिक जमात हो, यसको राजनीतिसँग कुनै सरोकार नभएको भन्नु हुँदै होदाले यस जमातको संघ संस्था विश्वको २ सय ९ वटा देशहरुमा स्थापित रहेको पत्रकार सम्मेलनमा बताइयो । सो पत्रकार सम्मेलनमा प्रमुख अतिथि मुनिर अहमद हाफिजावादी, डा. अनिल अहमद, अब्दुल हफिज, सलिम अहमद, मिर ब्दुल हफिज लगायत स्थानीय सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.