Ultimate magazine theme for WordPress.

अर्काको नाममा ट्रयाल दिने साह पर्सा प्रहरीको फान्दामा

328

पर्सा, ९ भाद्र / नारायणी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्रको ट्रयालमा नक्कली परिक्षार्थी पक्राउ परेको छ । चिरन्जिवी प्रसाद यादवको नाममा ट्रयाल दिने साहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
बाराको प्रसौनी गाउपालिका वडा नम्बर ५ बेलहिया बस्ने जनक प्रसाद साहले नक्कली परिक्षार्थी बनी सवारी चालक अनुमती पत्रको ट्रयाल दिने क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलिले पक्राउ गरेको छ । सवारी चालाक अनुमती पत्रको लागि चिरञ्जीवी प्रसाद यादवको नामले जनक प्रसाद साहले परीक्षा दिने क्रममा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ गरिएको साहलाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बिरगंजमा पठाउने वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.