Ultimate magazine theme for WordPress.

अबैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरीकहरु पक्राउ

309

बारा, ६ भाद्र / सशस्त्र प्रहरी बलले लकडाउनको उल्लङ्गन गरी नेपाल प्रवेश गर्दै गरेका ४ जना भारतिय नागरीक र निजहरुलाई लिन गएका १ जना नेपाली नागरीकलाई बारा जिल्लाको सीमा ईलाकाबाट प्रक्राउ गरेको छ।
आज दिउँसो २ बजेको समयमा बारा जिल्लाको बिश्रामपुर गा.पा.-३ बडकि मुसहर्वा छठघाटको दशगाजा ईलाका हुँदै नेपाल प्रवेश गर्दै गरेका निजहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपि बरैनियाबाट खटिएको सप्रनि नारायण सिंह ऐरीको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हे.क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजीतले बताउनु भयो।
प्रकाउ पर्नेमा भारत पश्चिम बंगाल बापुरा जिल्ला लाल बजार घर भएका बर्ष ४५ का माधव कर्मकार, वर्ष २३ का रखल कर्मकार, बर्ष २३ का अमर कर्मकार र भारत उत्तर प्रदेश समली जिल्ला धरमपुरा घर भएका बर्ष २८ का वकिल मंसुरी एवं निज भारतिय नागरीकहरुलाई लिन गएका जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-१० बलुवा बेहरा घर घई हनुमान मेटल्स प्रा.लि.नितनपुर बारामा कार्यरत बर्ष २७ का सुनिल यादव रहेका छन्। निजहरुको साथबाट बा.३५प.२७९५ नम्बरको सुपर स्पेलेण्डर मोटर साईकल समेत बरामद भएको र निजहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाईने प्रकृयामा रहेको समेत सशस्त्र प्रहरी उपरिक्षक कर्णजीतले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.