Ultimate magazine theme for WordPress.

अपहरण तथा शरिर बन्धक मुद्धाका फरार प्रतिवादी साह पक्राउ

111
उमेश दुबे
बारा, ७ पौष ÷ अपहरण तथा शरिर बन्धक मुद्धाका फरार प्रतिवादी साह पक्राउ परेका छन् । आफ्नै घरमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्धार गर्न सफल भई र फरार भएको प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले प्रेस बिज्ञप्ति जारी गर्दै २०६८ साल मंसिर महिनामा बाराको भेडाहा गाविस वडा नं. ४ बस्ने महेन्द्र चौधरीलाई अपहरण गरेको अभियोगमा ७ बर्षपछि पक्राउ गर्न सफल भएको जनाएको छ । बारा जिल्ला धर्मनगर गाविस वडा नं. ९ निवासी नन्नदलाल साहको छोरा शिवलाल साह कानु समेतले अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखेको अवस्थामा २०६८ मंसिर १३ गते स्थानियहरुको सहयोगमा अपहरित महेन्द्र चौधरीलाई अपहरण मुक्त गर्न सफल भएपनि करिब ७ बर्षपछि अपहरण गर्ने अभियुक्त बिशवलाल साह कानुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार संघिय प्रहरी ईकाई कार्यालय जनकपुर, फरार अभियुक्त पक्राउ गर्ने टोली र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अभियुक्त साहलाई पक्राउ गर्न सफल भएको बताए । सम्मानित बारा अदालतको फैसला आदेशले जनही ४ बर्ष कैद र रु. २५ हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रतिवादीहरु मध्ये शिवलाल साह कानुलाई शुक्रवार पक्राउ गरी शुक्रवारकै दिन अदालतमा पेश गरी करागार पठाइएको प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.