Ultimate magazine theme for WordPress.

अज्ञात समूहद्वारा बिधालयको टेबल, कुर्सी तोडफोड

217

पर्सा, २५ असार / पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर २३ पर्सौनी बिर्ता स्थित रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिधालयमा अज्ञात समूहले तोडफोड गरेका छन । अज्ञात समुहले रातिको समयमा बिधालयको झ्याल ढोका नभएको मौका छोपी बिधालयको कुर्सी, टेबल लगायत तोडफोड गरेका हुन ।
श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयको कक्षा ६ को झ्याल नभएको कारण अज्ञात समुहले सजिलै भित्र प्रवेश गरि टेबल, कुर्सी तोडफोड गरेका छन । अज्ञात समुहले कक्षा ६ को ३५ थान टेबल कुर्सी तोडफोड गरेको जनाइएको छ । बिधालयमा टेबल, कुर्सी तोडफोड गर्नुको साथ साथै बिगतका दिनहरूमा मोटर र पन्खा समेत चोरी भएको बताइएको छ । तोडफोड र चोरी गर्ने गिरोहको खोजिमा प्रहरी लागीपरेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.