Ultimate magazine theme for WordPress.

६ लाख बराबरको अवैध मालसमान पर्सा प्रहरीको नियन्त्रणमा

201

पर्सा, २१ असार ÷ पर्साको बिभिन्न ठाउहरुबाट प्रहरीले अवैध तरिकाले आयात÷निर्यात गर्ने मालसमान नियन्त्रणमा लिएको छ । नेपाल र भारतको सीमा नाका हु“दै तस्करी बढनसाथ जिल्ला प्रहरी कार्यालय पर्सा र मातहातका कार्यालयबाट खटिएको टोलीले अवैध तरिकाले आयात÷निर्यात गर्ने मालसमान पक्राउ गरेको हो ।
नेपाल र भारतको सीमा नाकाबाट तस्करी बढ्नसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मोटर पार्टस, हार्डवेयर, कपडा लगायतको समाग्री पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । विभिन्न मितिमा पर्सा प्रहरीले पक्राउ गरिएको करिब ६ लाख १४ हजार ८० रुपैया बराबरको मालसमान आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.