Ultimate magazine theme for WordPress.

४५० एम्पुल लागु औषध ईन्जेक्सन सहित १ जना पर्सा प्रहरीको फान्दामा

117

पर्सा, २३ असार / ४५० एम्पुल लागु औषध ईन्जेक्सन सहित १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । आज साझ करीब ५ बजेको समयमा लागू औषध सहित एक जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको हो ।
बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा गाउँ हुँदै लागू औषध नेपाल भित्रयाइरहेको सूचना पाउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सादा पोशाकको टोलिले नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको छ । तरकारी हालेको झोला भित्र लूकाइ छिपाइ लागू औषधको कारोबार भइरहेको सूचना पाएको र चेकजाच गर्दा लागू औषध सहित बिरगंज महानगरपालिका वडा नम्बर ८ निवासी २३ बर्सिय राहुल साहलाइ पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी गराएको छ ।
पर्सा प्रहरीले जनाए अनुसार निजले तरकारी हालेको झोला भित्र कालो प्लाष्टिकमा लागु औषध नुर्फिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनारगन १५० गरी जम्मा ४५० एम्पुल फेला परेकोले उक्त लागु औषध बरामद गरिएको बताएका छन । उनलाइ नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.