Ultimate magazine theme for WordPress.

३ जना भारतीय मोटरसाइकल चोर बारा प्रहरीद्वारा पक्राउ

164

उमेश दुबे
बारा, १२ माघ ÷ बाराको कलैयाबाट मोटरसाइकल चोरी गरी भारततर्फ जादै गरेको अवस्थामा बारा प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । कलैयाको पार्किङमा राखिएको मोटरसाइकल भारतबाट आएको ३ जनाको समूहले चोरी गरी लग्ने क्रममा पक्राउ गरिएको हो ।
कलैया उपमहानगरपालिका वडा नं. १ स्थित पार्किङ गरी राखिएको बा ४९ प ८७०९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकल चोरी गरी भारततर्फ लगिरहेकै क्रममा सीमानाको नजिकैबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार मोटरसाइकल चोरी गरी भारततर्फ लग्दै गर्दा सूवर्ण गाउपालिका वडा नं. ७ बडकिफुलवरीया सडकबाट पक्राउ गरिएको बताए । प्रहरी चौकी बडकिफुलवरीयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गरी भारततर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार पूर्वी चम्पारण थाना दरपा ग्राम पिपरा बस्ने रामनरेश प्रसाद कुश्वाहा सहित सोही निवासी दुई जना नबालकलाई समेत पक्राउ गरिएको बारा प्रहरीले बताएको छ । पक्राउ परेका तिनै जनालाई सम्मानीत बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.