Ultimate magazine theme for WordPress.

१ लाख ४० हजार बराबरको चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

75
बारा, ९ पौष ÷ बाराको पिपरपातिबाट १ लाख ४० हजार बराबरको चल्ला बरामद गरेको छ । भारतबाट नेपाल भित्रिरहेको कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बि.ओ.पी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट लुकीछिपी नेपाल भित्रयाइरहेको क्रममा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । २ वटा साइकलमा नेपाल भित्रिदै गरेको सूचना पाउनसाथ पिपरपातिबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाको कमाण्डको टोलीले पक्राउ गर्न सफल भएको हो । सशस्त्र प्रहरीलाई हेर्न साथ तस्कर फरार भएपनि साइकल र चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.