Ultimate magazine theme for WordPress.

१५ बर्षिय नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा साह पक्राउ

571

बारा, १२ भदौ ÷ १५ बर्षिय नाबालिकलाई जबर्जस्ती करणी गरेको अभियोगमा बारा जिल्लाबाट एक जना पक्राउ परेका छन । विगत ८ महिनादेखी ललाई फकाई जबर्जस्ती करणी गर्दे आएको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
बाराको फेटा गाउपालिका वडा नम्बर १८ मोतिसर टोल बस्ने २१ बर्षिय सुजित कुमार साहलाई नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा प्रहरीले पक्राउ गरेको छ । विगत ८ महिलादेखी ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र नाबालिकलाई ७ महिनाको गर्भवती बनाएपछि रहस्य खुल्नसाथ भदौ १० गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उहा“ले पक्राउ गरिएको साह माथि जबरजस्ती करणी मुदामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान अगाडी बढाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.