Ultimate magazine theme for WordPress.

१५ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

63

काठमाडौं, २ पुस । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ ।

शुक्रवार बसेको बढुवा समिति सचिवालयको बैठकले जनपद प्रहरी समुह तर्फका डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । समितिले एक नम्बरमा राजेन्द्र कुमार थापा क्षेत्रीलाई बढुवा गर्न सिफारिस गरेको छ । डिएसपी थापा हाल महानगरीय प्रहरी पहरा गण सामाखुसीमा कार्यरत छन् ।
डिएसपीहरु रामकुमार थापा, राज कुमार लम्साल, अनुराग कुमार द्धिवेदी, चन्द्र कुवेर खापुङ, विद्यानन्द माझी, सानुकाजी लामिछाने, विपीन कुमार कर्माचार्य, मधुसुदन लुईटेल, दिल्लीराज पन्त, ध्रुवराज राउत, मोहन प्रसाद पोखरेल, राजेन्द्र सिंह खड्का, टिका बहादुर केसी र योग बहादुर पाल लाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.