Ultimate magazine theme for WordPress.

१४१ औं जन्मोत्सवको अवसरमा लायन्स क्लब अफ वीरगंज आदर्शनगरद्वारा निःशुल्क चिया वितरण कार्यक्रम

164

वीरगंज ३ माघ / अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्वीन जोन्सको १४१ औं जन्मोत्सवको अवसरमा लायन्स सर्विस सप्ताह अन्तर्गत लायन्स क्लब अफ वीरगंज आदर्शनगरद्वारा आज बिहान वीरगंजको महावीरस्थानमा निःशुल्क चिया वितरण कार्यक्रमको आयोजना गरिएको छ ।

सो चिया वितरण कार्यक्रममा बाटोमा आवत जावत गर्ने करिब ५०० जना सर्वसाधारण जनताहरुलाई निःशुल्क रुपमा चिया र बिस्कुट खुवाईएको थियो ।
लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष लायन राजेश अग्रवालको अध्यक्षतामा सम्पन्न निःशुल्क चिया वितरण कार्यक्रममा लायन्स क्लबका सिनियर डिष्ट्रीक्ट एडभाईजर लायन रामबिहारी पाण्डे, डिष्ट्रीक्ट एडभाईजर लायन भंवरलाल पारिख, लायन उमेश साह कानु, पुर्व एम्बेस्डर अफ गर्भनर लायन प्रकाश बाहिती, डिष्ट्रीक्ट चीफ लायन बिनय बंसल, लायन्स सर्विस सप्ताह अन्तर्गत साताव्यापी कार्यक्रमका संयोजक जोन चेयरपर्सन पिएमजेएफ लायन उमेश शर्मा, सिनियर डिष्ट्रीक्ट एडभाईजर लायन देव चौधरी, एम्बेस्डर अफ गर्भनर लायन बासु तिमिल्सिना, लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन विजय गुप्ता, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज आदर्शनगरका उपाध्यक्ष लायन संजय कुमार खेतान, सचिव लायन संदिप अग्रवाल, कोषाध्यक्ष लायन उमाशंकर अग्रवाल सदस्यहरु लायन अरुण पटवारी, लायन सुनिल केडिया लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.