Ultimate magazine theme for WordPress.

११ महिनादेखि साउदी जेलमा नेपाली

93

इलाम, चैत ३ : इलाम जिल्लाका एकजना युवा ११ महिनादेखि साउदी अरबको जेलमा छन्। चोरी अभियोगमा थुनिएका उनी आफू निर्दोष भएकोले जीवन रक्षाको लागि नेपाल सरकारसमक्ष याचना गरिरहेका छन्। इलामको माई नगरपालिकाअन्तर्गत दानाबारीका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियाद जेलमा रहेको उनका दाजु चक्रबहादुरले बताए। सन् २०१२ मा साउदी गएका प्रेमबहादुर सन् २०१६ जनवरीमा दोस्रो पटक सोही कम्पनीमा गाडी चलाउन गएका थिए।

अल सहलावी कम्पनीमा कार्यरत उनले चलाइरहेको लहरी गाडी चोरी भएको थियो। कम्पनीदेखि १० किमि पर केवल तार लिएर जाँदा लहरी चोरी भएको थियो। उनले चोरीलगत्तै कम्पनी र प्रहरीलाई जानकारीसमेत दिएका थिए। चोरी भएको दुई दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा लहरी भेटिए पनि केवलको तार नभेटिएको चक्रबहादुरले जानकारी दिए।

सोही आरोपमा प्रेमलाई प्रहरीले दुई महिना कैद र ५० कोर्रा सजाय सुनाएको थियो। तर सो सजाय भुक्तान भएपछि पुनः चोरी गरेको आरोपमा कम्पनीले विमानस्थलबाटै पक्राउ कारागारमा राखिएको छ। उनलाई तीन लाख दस हजार रियाल जरिवाना सुनाइएको बताइएको छ।

रियादस्थित नेपाली दूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा पनि भाइलाई छुटाउन नसकेको चक्रको गुनासो छ।

क्राउन इम्प्लोयमेन्ट प्रालि, काठमाडौँको सम्पर्क कार्यालय शनिश्चरे रोड, बिर्तामोडबाट प्रेम लहरी ड्राइभिङमा साउदी गएका थिए।

Leave A Reply

Your email address will not be published.