Ultimate magazine theme for WordPress.

होलिमा सतर्कता अपनाउन डिआइजी अर्यालको आग्रह

378

उमेश दुबे
पर्सा, २४ फाल्गुन / हिन्दुहरूले महान चाडको रूपमा मानिने होलिमा नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले आग्रह गर्नु भएको छ । सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी अर्यालले नेपाल र भारत खुल्ला सीमा भएको कारण कोरोना भाइरसको प्रकोप सर्न नदिन उदेश्यका साथ नेपाली नागरिकहरूमा सतर्कता अपनाउन आग्रह गर्नु भएको हो ।
हाम्रो देश नेपालमा कोरोना भाइरसको प्रकोप देखा नपरेपनी अगाडीदेखि नै सतर्कता अपनाउन, डिआइजी अर्यालले बताउनु भयो । उहाले सीमाको राजस्वदेखि शान्ती सुरक्षामा समेत निगरानी बढाउन जिम्मा पाएका सशस्त्र प्रहरी बल सीमाको विभिन्न ठाउहरूमा हेल्प डेस्कको समेत ब्यवथा गरेको उनले बताए ।
यस अनलाइन सङ्ग कुरा गर्दै डिआइजी राजु अर्यालले नेपाली नागरिकको जिउधनको सुरक्षा हाम्रो प्रमुख दायित्व रहेको र त्यसमा सचेत गराउन आफुहरू पछि नहटने बताउनु भयो । उहाले हिन्दुहरूले मनाउने होलि पर्वमा जाड रक्सी खाएर सवारी साधन नचलाउन समेत सर्वसाधारणमा आग्रह गर्नु भयो । प्रदेश नम्बर २ को विभिन्न नाकाहरूमा १९ ठाउहरूमा हेल्प डेस्क राखिएको र संक्रमण देखापरेपछी चेकजाच गर्नको निम्ति समेत बाहिनीमा चिकित्सक राखेर चेकजाच गरिने ब्यवस्था समेत गरिएको डिआइजी राजु अर्यालले बताए ।

Leave A Reply

Your email address will not be published.