Ultimate magazine theme for WordPress.

हुन्डी कारोबारी भनिएका भन्सारको एजेन्ट, पर्सा प्रहरीले जबर्जस्ति नियन्त्रणमा लिएको आफन्तको आरोप

378

बिरगंज, १८ बैशाख / पर्सा प्रहरीले अवैध वित्तीय कारोबार (हुन्डी) गरेको आरोपमा भन्सार अजेन्टलाइ पक्राउ गरेको छ । आइसिपी भन्सारबाट मालसमान छुटाउन गइरहेको बेला भन्सार एजेन्टलाइ पर्सा प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिएको हो ।
आफ्नो नाम चर्चा परिचर्चा गराउन पर्सा प्रहरीले हदैसम्म गैरकानुनी रूपले कार्य गरिरहेको यसै घटनाबाट प्रष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको मेल मार्फत हुन्डी कारोबारीलाइ पक्राउ गरिएको जानाएपनी भन्सार एजेन्टलाइ पक्राउ गरिएको खुल्न आएको छ । भन्सारबाट आ-आफ्नो मालसमान छुटाउनको लागि बालाजी ईन्टरप्राईजेज प्रालीले ८ लाख, साहिल ट्रेर्डिङ्ग सप्लायर्सले ९० हजार, श्री गणपती सप्लायर्सले १ लाख ५० हजार र एलबी ट्रेडर्सले १ लाख १० हजार गरी कुल ११ लाख ५० हजार रुपैया जम्मा गरी आईसिपी भंसारमा मालसमान छुटाउन गइरहेका थिए । रकम दिएकाहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्दा पर्सा प्रहरीले वास्ता नै नगरेको गुनासो उनिहरूले गरे ।
पक्राउ परेका एजेन्ट लालबाबु यादवले उक्त रकमको बिषयमा पर्सा प्रहरीलाइ जानकारी दिरहेपनी वास्ता नै नगरी पर्सा प्रहरीले जबर्जस्ती हुन्डी कारोबार बताइ प्रेस बिज्ञप्ती जारी गरेको प्रहरी श्रोतको भनाइ रहेको छ । आफ्नो पद र पावरको दुरूपयोग गर्दै भन्सार एजेन्टलाइ जबर्जस्ती पक्राउ गरि हुन्डी कारोबारी रहेको बताउनु के कतिको जायज रहेको बारे सर्वबिधितै छ ।
पर्सा प्रहरीको नियन्त्रणमा रहेका लालबाबु यादवका भाइ सुवास यादवले आफ्नो घर भन्सार नजिकै रहेको र कार्यालय पनि भन्सार नजिकै रहेको बताए । विभिन्न पाटीबाट रकम लिएर आइसिपी तर्फ जाँदै गरेको अवस्थामा पर्सा प्रहरीले दाइलाइ नियन्त्रणमा लिएको उनले बताए । आफू यस बिषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे तरपनी पर्सा प्रहरीले भित्र छिर्न दिएन्न, यादवले बताए । आफ्नो भाइलाइ पर्सा प्रहरीले हुन्डी कारोबारमा फसाउन सडयन्त्र गरेको आरोप लगाउनु भयो ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तले हुन्डी कारोबारमा पक्राउ परेका यादव भन्सारको एजेन्ट रहेको स्विकार गरेकी छन । उनले रकमको श्रोत नखुलेको कारण नियन्त्रणमा लिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस बिज्ञप्ती र प्रहरी उपरीक्षक गङ्गा पन्तको भनाइ फरक रहेको छ । बिज्ञप्तीमा भारतबाट आउदै गरेको अवस्थामा पक्राउ गरिएको भनिएतापनि प्रहरी उपरीक्षक पन्त भन्सार क्षेत्रमा पक्राउ गरिएकी बताएकी छन ।
अनुसन्धान नै नगरी भन्सारको एजेन्टलाई हुन्डी कारोबार बताउनु दुर्भाग्यको बिषय बनेको छ । आफ्नो वर्दीको आडमा सर्वसाधारणलाई समेत अपराधी सरह व्यवहार हुने गरेको यो घटनाबाट प्रष्ट हुन्छ । मुलूक लगायत विश्वभरी फैलिएको कोरोना भाइरसको समयमा नेपाललाई खदान्य समाग्री अवाश्यक छ तर त्यही खदान्य समाग्री नेपाल प्रवेश गराउन एजेन्ट प्रयोग हुने गरेको दुइमत छैन । भन्सारको रकम बरामद गरि पर्सा प्रहरीले हुन्डी कारोबारी बताउदा प्रहरीको काम कारवाही माथी नै प्रश्न चिन्ह खडा भएको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.