Ultimate magazine theme for WordPress.

हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक नगद सहित सशस्त्र प्रहरीको फान्दामा

153

रौतहट, २६ पौष / हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाइ नगद सहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले नगद सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरको आदेशमा खटिएको स्कवाड टोलिले रौतहटको परोहा नगरपालिका वडा नम्बर १ बाट नगद सहित हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको छ । बि.आर.०५ ए.जि ८०५६ नम्बर को अपाची मोटरसाइकलको माध्यमले हुन्डी कारोबार भइरहेको बिशेष सूचनाको अधारमा स्कवाड टोलिले नगद सहित पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको पूर्वी चम्पारण तिलहारा वडा नम्बर ७ निवासी ३९ बर्सिय संजय कुमार जैश्वाललाई नगद १४ लाख ५० हजार रकम सहित नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको सिट मुनि र जुताको मोजा भित्र लूकाइ छिपाइ राखेको नगद सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.