Ultimate magazine theme for WordPress.

हावाहुरी पीडित बर्षायाममा पीडा खेप्दै

88

उमेश दुबे
बारा, ८ जेष्ठ / चैत्र महिनामा आएको बिनाश्कारी हावाहुरीबाट भएका पिडितहरूले बर्षायामको बेला झन पीडा खेप्दै आइरहेको बताएका छन । आफ्नो दिनचर्या बिताउनको लागि पालको छाप्रोमा बस्नु परिरहेको र बर्षा, हावाहुरी आउनसाथ खाट तल बस्नु परिरहेको बताएका हुन ।
चैत्र १७ गते आएको बिनाश्कारी हावाहुरीबाट स-भन्दा बढी बाराको पुरैनिया, बिनवलिया भरवलिया लगायतका ठाउहरूमा क्षति हुनको साथै मानविय क्षति समेत भएको थियो । आज हावाहुरी आउनसाथ स्थानियहरू खाटको तल लूकेर बस्न बाध्य भएको स्थानियले दुखेसो पोखे । नेपाल सरकारले गरिरहेको योगदान सराहनिय रहेको तर हालको समयमा हावाहुरी आउदा डर त्रासको माहोल बन्ने गरेको यस अनलाइन सङ कुरा गर्दै स्थानियहरूले बताए ।

Leave A Reply

Your email address will not be published.