Ultimate magazine theme for WordPress.

हात्तीको दारा सहित ३ जना नेपाली नागरिक बारा प्रहरीको नियन्त्रणमा

115

बारा, १२ श्रावण / हात्ती दाराको तस्करी बढ्नसाथ बारा प्रहरी सकृय भएको देखिन्छ । बारा प्रहरीको सकृयता बढनसाथ हात्तीको दारा सहित तीन जना नेपाली नागरिक प्रहरीको नियन्त्रणमा आएक हुन ।
सोमबार साझ करिब ७ बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले हात्तीको दारा सहित ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरी नायब निरीक्षक सागर सम्शेर ज.ब.रा.को कमान्डमा खटिएको टोलिले हेटौडा तर्फबाट पथलैया तर्फ आउदै गरेको ना.५० प.१२२७ न.को मो.सा.लाइ संका लागि चेक जांच गर्दा लम्बाई ४ फिट,मोटाइ १२ इन्च भएको हातिको दारा सहित तीन जनालाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा जिल्ला बारा निजगढ न.पा.११ बस्ने अ.वर्ष २९ को सुर्य प्रताप तामांङ, जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१३ बस्ने अ.वर्ष २० को सुभाष र जिल्ला बारा निजगढ न.पा.११ बस्ने अ.वर्ष ३२ को दिल बहादुर घलान रहेको बताउनु भयो । उहाले खादको बोरा भित्र राखेको अवस्थामा दारा बरामद गरेको र निजहरूलाइ अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भइरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.