Ultimate magazine theme for WordPress.

हाई एक्सटेन्सन तारले घाइते बनायो कामदारलाई

56

उमेश दुबे
पर्सा, २० मंसिर ÷ वीरगंज महानगरपालिकाका कतिपय टोल टोलहरुबाट हाई एक्सटेन्सन तार गुजिएको कारणले महानगरवासीले जोखिमपूर्ण अवस्था झेल्नु परेको बताउछन् । घर÷टहरा बनाउदा जोखिमपूर्ण, बर्षायामको बेला जोखिमपूर्ण झेल्दै आएको स्थानियवासीले गुनासो सुनाएका छन् ।
हाई एक्सटेन्सन तारले गर्दा घर निर्माणको समयमा क्षेति पु¥याउने गरेको बताउछन् । हालै मंसिर १९ गते दिउसो करिब १ बजेको समयमा वीरगंज महानगरपालिकामा पर्ने ठूलो पिपरामा ठूलै घटना घटेको स्थानियवासीहरु बताउछन् । वहा“हरुले घर निर्माणको लागि जग्गा खरिद गरेपनि आफुहरु निर्माण गर्न नसकेको दुखेसो पोख्दै अर्काको घर निर्माण भइरहेको बेला हाई एक्सटेन्सन तारबाट बिद्युतिय उपकरण प्रवाह भएपछि एक जना सख्त घाइते हुन पुगेको बताउछन् ।
वीरगंज महानगरपालिकाको ठूलो पिपरा नया बस्ती जाने सडकमा घर निर्माण भइरहेको बेला हाई एक्सटेन्सन तारमा सर्ट हु“दा एक जना काम गर्ने लेबरको अवस्था गम्भीर हुन पुग्यो । लेबरको अवस्था चिन्ताजक भएको कारण उनलाई वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पतालमा लगेपनि यो अवस्था पटक पटक आउन समेत समस्या रहेको स्थानियवासीहरु बताउछन् । बर्षायामको बेला कहिलेकाही पानीमा समेत करेन्ट प्रवाह हुने गरेको स्थानियवासीहरु बताए । बर्षायामको बेला आफ्नै निवासको छत माथि जान समेत डर लाग्ने अर्का स्थानियले दुखेसो पोखे ।
घाइते भएका कामदारको पूरै जिउ जलेको अवस्थामा थियो र वहाको अवस्था चिन्ताजनक भएपनि अस्पतालमा पुग्दा खतरामुक्त रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.