Ultimate magazine theme for WordPress.

स्वास्थ्य शिविरको नाममा खेलवाड

90

जन गुनासो सम्वाददाता

रौतहट, ७ पौष ÷ रौतहटको राजपुर नगरपालिकामा भएको दुई दिने स्वास्थ्य शिविरको नाममा ब्रम्हलुट भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारका अनुसार केयर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य शिविरको नाममा ब्रम्हलुट गरेको आरोप स्थानियवासीले लगाएका हुन ।

स्थानियवासीले जनाए अनुसार करिब १ करोड ६० लाख बजेट स्वास्थ्य शिविरको लागि छुटयाएपनि स्थानियवासीलाई झुक्याई रकम हिनामिना गर्न खोजेको आरोप लगाएका छन् । रौतहटको राजपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने फ्रि हेल्थ क्याम्प नामको कार्यक्रम आयोजना गरेपनि मात्र दुईदेखी तिन किसिमको औषधि बितरण गर्न लागेको आरोप स्थानियवासीले लगाएका हुन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने फ्रि हेल्थ क्याम्प नामक कार्यक्रम भइरहेको सूनि आ—आफ्नो चेकजाच गराउन पुगेका स्थानियवासीहरु निराश भई घर फर्किन बाध्य भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने फ्रि हेल्थ क्याम्पमा पुगेका स्थानियवासीहरुलाई केही चेकजाच नै नगरी औषधि बितरण गर्न लाग्दा निराश भएर घर फर्किन बाध्य भएको बताए । चेकजाच गराउन पुगेका स्थानियवासी निराश भई घर फर्केका थिए । शिक्षा, स्वास्थ्यको नाममा खेलवाड गर्न नपाइने नेताहरुको भनाई मात्र भनाईमा सिमित रहेको यहि घटनाले प्रस्ट पार्दछ । तसर्थ ः माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.