Ultimate magazine theme for WordPress.

स्वच्छता र सुन्दरता राख्ने उदेश्यका साथ सरसफाई कार्यक्रम सम्पन्न

149

वीरगंज, १५ मंसिर ÷ एकीकृत जाच चौकी परिसरलाई बातावरणिय स्वच्छता र सुन्दरता राख्ने उदेश्यका साथ आज सरसफाई अभियान गरिएको छ । एकीकृत जाच चौकीका कार्यालय प्रमुख हमेन्द्र मोहन शाहीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपालकै आर्थिक राजधानिको रुपमा मानिएको वीरगंज अवस्थित रहेको एकिकृत जाच चौकी नै फोहरबाट दुर्भन्धित हुन थाले देशनै दुर्गन्धित हुने बताउनु भयो । आ—आफ्नो ठाउ“बाट बेला बेलामा यस्ता सरसफाईको कार्यक्रम गरे हाम्रो देश नेपालमा दुरगन्ध शब्दको कुनै ठाउ नहुने बताउनु भयो । उहाले आयोजना गरेको सरसफाई कार्यक्रम आउने दिनहरुमा पनि पटक पटक राखिने र एकीकृत जाच चौकी भित्र कुनैपनि किसिमको पलास्टिक झोला ल्याउन नपाउने बताउनु भयो । एकीकृत जाच चौकी परिसरलाई पलास्टिक मुक्त क्षेत्र घोषणा गर्ने कार्यालय प्रमुख हमेन्द्र मोहन शाहीले बताउनु भयो ।
कार्यक्रममा कार्यालयका सुरक्षा गार्ड, स्थानियवासी तथा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको समेत सहभागिता रहेको थियो । सबैले साथ दिए एकीकृत चौकी नमुनाको रुपमा बनाउने कार्यक्रममा बताइएको थियो ।

Leave A Reply

Your email address will not be published.