Ultimate magazine theme for WordPress.

स्थानीय निर्वाचनपछि नयाँ सरकारः देउवा

46

चितवन, माघ ७ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताएका छन्। प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चैतमा नै सरकार परिवर्तन नहुने बताए।

व्यवस्थापिका–संसदमा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने उनको भनाइ थियो। उनले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो भएको बताए।

उनले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गरे। ‘अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ’, उनले भने, ‘सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य छ।’

मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको उनको भनाइ थियो। उनले सबैका मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन जटिल बन्ने धारणा राखे। रासस

Leave A Reply

Your email address will not be published.