Ultimate magazine theme for WordPress.

स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन मधेसी मोर्चाद्धारा बहिस्कार

49

वीरगन्ज ३ फागुन : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन अध्ययन कार्यदलको छलफल बहिस्कार गरेको छ । सरकारले, आयोगको प्रतिवेदन अध्ययन गरी सुझाव दिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा कार्यदल गठन गरेको छ  र, कार्यदलले जिल्लागत रुपमा प्रदेश नम्बर २ का सांसदहरुसँग छलफल गरिरहेको छ ।

तर, कार्यदलले बोलाएको सबै छलफलमा मधेसी मोर्चाका सांसदहरु अनुपस्थित भएका छन् । कार्यदलले सोमवार सिराहाका सांसदहरुसँग छलफल गरेको थियो । तर, मधेसी मोर्चाका साथै प्रमुख विपक्षी एमालेका सांसदहरु सहभागी भएका थिएनन् ।

मोर्चाका नेता एवं सद्भावना पार्टीका संसदीय दलका नेता प्रतिवेदन परिर्वतन गर्ने सुनिश्चितता भए मात्र कार्यदलले गर्ने छलफलमा सहभागी हुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.