Ultimate magazine theme for WordPress.

सेट लाइट केवल प्रा.लि.मा छापा, मोलतोल पश्चात कुरो मिल्यो

193

पर्सा, ३ भाद्र ÷ वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित रहेको सेट लाइट केवल प्रा.लि.मा छापा हानिदा मोलतोल पश्चात कुरो मिलेको समाचार बाहिर आएको छ । सूचना तथा प्रशारण विभाग, जिल्ला प्रशासन कार्यालय पर्सा र कर कार्यालय वीरगंजको संयुक्त टोलीले क्लियर टिभिको सेट लाइट केवल प्रा.लि.मा छापा हानिदा मोलतोल पश्चात कुरो मिलेको हो ।
आज भन्दा केही महिना अघि क्लियर टिभि झै वीरगंजमा हाम्रो टिभि समेत संचालन थियो । जिल्ला प्रशासन कार्यालय पर्साले हाम्रो टिभिको कार्यालयमा छापा हानि सिल समेत गरेको थियो । तर उजुरीको आधारमा सूचना तथा प्रशारण विभागबाट समेतको टोलीले छापा हानेपनि मोलतोल पश्चात सिल नै नगरी फिर्ता भएको खबर प्राप्त भएको छ । सेट लाइट केवल प्रा.लि.मा केही बरिष्टहरुको समेत सेयर भएको कारणले मोलतोल हुन सक्ने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीको आधारमा छापा हानिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनु भयो । उहाले छापा हानि केही कागजातहरु नियन्त्रणमा समेत लिएको बताउनु भयो । उहाले कागज पत्र जफत गरी छानविन गरिरहेको बताएपनि कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी छापामारी भएको प्रष्ट हुन्छ ।
क्लियर टिभिको सेट लाइट केवल प्रा.लि.ले लगाएको तारमा जिल्ला प्रशासन कार्यालय पर्साले बन्द गराएको हाम्रो टिभिको साथ साथै मेरो टिभिको समेत रिसिभर संचालनमा आएको परिक्षणबाट प्रष्ट भएको छ । क्लियर टिभिको स्मार्ट कार्ड नै प्रयोग गरी प्रशासरण भइरहेको प्रष्ट भएको छ । रिचार्ज गर्न स्मार्ट कार्डको पिन नम्बर आवश्यक पर्छ तर पिन बिना नै रिचार्ज हुने गरेको ग्राहकहरुको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले असार १९ गते बुधवारको दिन वीरगंज महानगरपालिका वडा नम्बर ८ गहवा स्थित संचालनमा रहेको हाम्रो टिभिमा छापामारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छापामारीमा गुन्डागर्दी शैलीमा कागजातहरु नियन्त्रणमा लिनुको साथै सिल समेत गरेको थियो । तर ठिक त्यस्तै संचालनमा रहेको क्लियर टिभिको सेट लाइट केवल प्रा.लि.मा छापामारी गरेपनि मोलतोल पश्चात टोली फिर्ता भएको बताइएको छ ।
नेपालको नियम कानून सबै जनताको लागि बराबर रहेको प्रचार प्रसार गरिएपनि आ—आफ्नो दवंगै र पैसाको बलमा नियम कानूनलाई धज्जि उडाउदै प्रशासन समेत मौन बस्नु बिडम्बनाको बिषय बनेको छ । यस बिषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ सङ्ग बुझन खोज्दा फोन उठाएन्न ।

Leave A Reply

Your email address will not be published.