Ultimate magazine theme for WordPress.

सुवर्ण गाउपालिकाको वडा नम्बर ५ कार्यालयमा स्थानीयद्वारा तालाबन्दी, सरोकारवाला मौन (भिडियो सहित)

275

उमेश दुबे
बारा, २९ असार / बाराको सुवर्ण गाउपालिका वडा नम्बर ५ का वडा कार्यालयमा बिगत एक हप्तादेखि स्थानीयले ताल्चा हानेपनी सरोकारवाला मौन रहेका छन । वडा कार्यालयमा वडा प्रमुख र सचिवको अनुपस्थितले काम काज ठप्प भएको कारण स्थानीयले ताल्चा हानेका हुन ।
बिगत केही महिनादेखी वडा कार्यालय प्रमुख श्रीराम एकबाल साह र सचिव ओम प्रकाश साह तेलिले आफ्नै निवासबाट कार्यालय सन्चालन गरेको हुदा स्थानीयले बाध्य भइ ताल्चा हान्नु परेको स्थानीयले बताएका छन । स्थानीयले आफ्नो अधिकारको मत दिई जिताएका जनप्रतिनिधिले स्थानीयवासी जनताको काम नै नगरी घरमा बसि बसि कार्यालय सन्चालन गरेको बताएका छन ।
सुवर्ण गाउपालिकाका स्थानीयवासीले बिगत एक हप्तादेखी ताला बन्द रहेको वडा कार्यालय सन्चालन गर्न समेत केही पहल नभएको स्थानीयले आज पत्रकार सम्मेलनमा बताएका छन । आज सदरमुकाम कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानीयवासीहरूले एक हप्तादेखी बन्द रहेको वडा कार्यालयको ताल्चा समेत खोलाउन कहि कतैबाट पहल नगरिएको दुखेसो पोखेका छन ।
यता सुवर्ण गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्रीराम एकवाल साह कलवार सङ्ग बुझ्दा एक हप्तादेखि वडा कार्यालयमा ताल्चा लगाइएको खबर प्राप्त भएपनी केही बेरमा यो बिषयमा कुरा गर्ने बताउदै पन्छिन खोज्नु भयो । उहाले घरबाटै कार्यालय सन्चालनको बिषयमा केही नभन्दै फोन काटनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.