Ultimate magazine theme for WordPress.

सुन तस्करीको तरिका बदलियो, तस्करी कायमै

131

पर्सा, ४ चैत्र / नेपाल र भारतको सीमा नाका हुँदै सुन तस्करी हुँदै आएको रहस्य खुलेको छ । सुन तस्करीको सेन्डिकेट माथिल्लो निकायसम्म हुने गरेको कारण सुन तस्करी न्यूनिकरण हुनुको साटो झन तिब्र रूपले अगाडी बढेको हो ।
तेश्रो मुलुकबाट आयात भइ तराइ क्षेत्रको सीमा हुँदै भारततर्फ निर्यात हुँदै आएको सुन तस्करी, हालको समयमा भारतबाट नेपालतर्फ आयात भइरहेको बताइन्छ । पछिल्लो दिनमा नेपालबाट भारत निर्यात भइरहेपनी हालको समयमा सुनको मुल्यमा वृद्धि हुनासाथ भारतबाट अबैध तरिकाले चोर बाटो प्रयोग गर्दै नेपालमा सुन भित्रयाउन तस्करहरू सफल भएका हुन ।
भारत र नेपाल दुबै मुलुकमा सुनको मूल्य करीब बराबर रहेपनी बट्टाको नामले सुन तस्करी कायम रहेको बुझिन्छ । प्रती तोला सुनमा करीब २५ सय रूपैया फाइदा हुने गरेकोले सुन तस्करीमा तिब्रता भएको श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार प्रती किलो करीब २ लाख १४ हजार ३ सय ७५ रूपैया फाइदा हुने गरेको कारण ठुला बडा सुन कारोबारी पुन सलबलाउन थालेको बताए ।
यता सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले तराइको विभिन्न जिल्लाको सीमामा तैनाथ रहेपनी सुन तस्करी लगायत अबैध तरिकाले आयात निर्यात हुने समाग्रीमा कमि नभएको प्रष्ट हुन्छ । प्रदेश नम्बर दुइ मातहात रहेका पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरह लगायतको जिल्लाबाट समेत तस्करी कार्य न्यूनिकरण हुनुको साटो झन फस्टाएको बुझिन्छ ।
अबैध तरिकाले मालसमान आयात निर्यात हुने ठाउमा सशस्त्र प्रहरी बल नेपालका डिआइजी चन्द्रप्रकाश गौतमले आफ्नो नजिकका प्रहरीलाई पठाइ तस्करी कार्य सुचारू गरेको बारे व्यापक चर्चाको बिषय बनेको छ । डिआइजी चन्द्र प्रकाश गौतमको कर्तुत बाहिरिन थालेपछी हेडक्वाटर तानेर नसिहत समेत दिई छोडेको बिषय संगठन भित्रै चर्चाको बिषय बनेको हो ।
सीमाबाट हुने गरेको मालसामान तस्करीको साथ साथै सुन तस्करीमा समेत माथिल्लो निकायको सेटिङ्ग रहेको बिषयमा नेपाल र भारत सीमा नजिकै रहेका बजारहरूमा व्यापक रूपमा चर्चाको बिषय बनेको छ । सेटिङ्ग नै नरहे हालसम्म सीमामा खटिएका सशस्त्र प्रहरीले सुन बरामद नगर्नुले बाहिनीको आदेश निर्देशन माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

Leave A Reply

Your email address will not be published.