Ultimate magazine theme for WordPress.

सीमा सुरक्षा गर्ने प्रहरी नै तस्कर सङ्ग साटघाट गर्ने गरेको खुलासा

157

पर्सा, २१ असोज / सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले नै तस्कर स“ग साटघाट गर्नसाथ पर्सा जिल्लाबाट तस्करी कार्य मौलाउदै गएको छ । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी बढ्नसाथ सशस्त्र प्रहरीले नै तस्कर स“ग साटघाट गर्ने गरेको रहस्य उजागर भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाकै निर्देशनमा तस्करी कार्य मौलाउदै गएको एक घटनाले प्रष्ट पारेको छ । सशस्त्र प्रहरी उपरीक्षक खडका तस्कर समुह स“ग मासिक नजराना बुझी बिगत एक हप्ता अगाडी बिदा गएको दिनदेखी पूर्ण रुपले तस्करी कार्य बन्द रहेपनि बिदाबाट फर्किनसाथ तस्करी कार्य पुनः फस्टाएको हो । एक जना सशस्त्र प्रहरी श्रोतले जनाए अनुसार सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका बिदा गए पश्चात सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापा जिम्मेवारी बहन गर्दै आएको बताए । उनले बताए अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाले तस्करीको मालसमान पक्राउ गर्न थालेपछि तस्करी केही दिनको लागी मात्रै बन्द गरिएको बताए । तर सशस्त्र प्रहरी उपरीक्षक खडका बिदाबाट फर्किनसाथ तस्करी कार्य पुनः फस्टाएको बताए ।
नेपालकै आर्थिक राजधानीको रुपमा मानिने वीरगंजमा स—साना तस्करी कार्य हुनु स्वाभावीक कुरो रहेपनि प्रति दिन करोडौको राजस्व छलि हुने बिडम्बनाको बिषय रहेको एक सर्वसधारण बताउछन । उनका अनुसार रातिको समयमा श्रीसिया नाका हुदै तस्करहरुको लसकर नै लाग्ने गरेको बताए । स्थानीय बोर्डर आउट पोष्ट श्रीसिया र प्रहरी चौकी छपकैयाको सहयोगमा नै तस्करी हुने गरेको दुखेसो पोखे । सीमा नाका सुरक्षाको निम्ति खटिएका प्रहरीहरु खासमा रकम उठाई ठूला वडा तस्करीको लाइन दिने गरेको कारण तस्करहरु सक्रिय भएको, उनले बताए । प्रहरीहरु आफ्नो डयूटी गरिरहेकै समयमा तस्करहरुको लाइन लाग्ने गरेको तर प्रहरीले राजस्व छलि गर्नेलाई नियन्त्रणमा नलिनुले सशस्त्र प्रहरीको सेटिङ रहेको बारे प्रष्ट हुन्छ, उनले बताए ।
श्रीसिया नाकाबाट तस्करी गर्न गराउनको निम्ति प्रहरीको माथिल्लो निकायको आदेश आउन जरुरी हुन्छ । ठूला वडा तस्करीको लाइन चलाउन पनि माथिल्लो निकायको आदेश आउन अवाश्यक हुन्छ, एक सशस्त्र प्रहरीले बताए । सोही अनुरुप हामी सीमा नाकाबाट तस्करीको मालसमान छोड्न बाध्य हुने गरेको सीमामा खटेका एक सशस्त्र प्रहरीले बताए ।
सीमा नाकाबाट हुने अवैध क्रियाकलापलाई न्यूनिकरण गर्नुको साटो झन बढावा दिने यस्ता सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका माथि सशस्त्र प्रहरी बल २ नम्बर बाहिणीका प्रमुख डिआईजी गणेश ठाडा मगरको साथ साथै संगठनकै प्रमुख आईजीपि शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.