Ultimate magazine theme for WordPress.

सीमा नाकाबाट सशस्त्र प्रहरीको कमाइ धन्दा, माथिल्लो निकायदेखी तल स्तरसम्म भाग बन्डा हुने गरेको खुलासा

494

उमेश दुबे पर्सा, २२ जेष्ठ / पर्साको विभिन्न नाकाहरूबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा अबैध तरिकाको कारोबार सुरू भएको छ । नेपाल र भारतको सीमा नाका सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आएका सशस्त्र प्रहरीले यस समयमा तस्कर संगठनहरू सङ्ग साठगाठ गरि अबध क्रियाकलाप सुरू गरेका हुन । कसको कसको सहकार्यमा तस्करीको लाइन सुचारू हुन्छ ?
सीमा नाकाबाट तस्करीको लाइन दिनको निम्ति सबै निकायका जिल्ला प्रमुखको आदेश हुन जरूरी हुन्छ जसका कारण सीमा नाकाबाट तस्करीको कार्य फस्टाउछ । सीमा नाकामा बसेका प्रहरीहरू मात्र एकलौटी रूपले तस्करीको लाइन खोल्न सक्दैन । तस्करीको लाइन खोल्नको निम्ति नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरीका जिल्ला प्रमुख र प्रमुख जिल्ला अधिकारी समेतको सहभागिता र सहकार्य हुन जरूरी हुन्छ । अन्त: तस्करीको लाइन सुचारू हुन्छ । पर्सा जिल्लाको कुन ठाउबाट हुँदै छ तस्करी ? पर्सा जिल्लामा कुनै पनि निकायका प्रमुखहरूको आग्मन हुदा केही दिनका लागि मात्र तस्करीको लाइन बन्द हुन्छ । जिल्लाका प्रमुखहरू इशारा दिनसाथ तस्करी समेत सुचारू हुन्छ । हालको समयमा पर्साको श्रीसिया, भिखमपुर, भिस्वा, ठोरी, आसवारी लगायतको ठाउबाट तस्करी कार्य सुचारू भएको छ, त्योपनी जिल्ला प्रमुखकै इशारामा । सशस्त्र प्रहरीले घुमुवा परिचालन नगरेपनी बिओपी कमान्डरकै माध्यमले मासिक रकम बुझने गरेको समेत बताइन्छ । डिआइजी गौतमको छैन कुनै किसिमको डर सीमा नाकामा कडा निगरानी बढाएको ठोकुवा गर्दै आएका सशस्त्र प्रहरीका डिआइजी चन्द्र प्रकाश गौतमको आदेशलाइ धज्जी उडाउदै पर्साको सीमा नाकाबाट तस्करी कार्य सुरू भएको छ । डिआइजी चन्द्र प्रकाश गौतमले आफ्नो बिश्वासिलो पात्र मान्ने एक जना सशस्त्र प्रहरी उपरीक्षक र एक जना सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोलि परिचालन गरेका छन । तर उहाकै बिश्वासिलो पात्र मानिएकाहरू डिआइजी गौतमलाइ झुक्याउदै मासिक लाखौ रूपैया आर्जन गर्न सफल भएको बजारमा व्यापक रूपमा चर्चाको बिषय बनेको छ । अबको आउने दुई महिना भित्र बिओपीपतिहरूको सरूवा हुने भएपछी डिआइजीको आदेशलाइ बेवास्ता गर्दै भिखमपुर र भिस्वा हुँदै ठुला बडा तस्करहरू लाइन दिएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.