Ultimate magazine theme for WordPress.

सिभिल बैंकको सिभिल समृद्धी बचत खाता योजना सार्वजनिक

147

वीरगंज १ बैशाख /
सिभिल बैंकले “सिभिल समृद्धी बचत खाता” योजना सार्वजनिक गरेको छ ।
सरकारले २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धीसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्तरगत सिभिल बैंकले “सिभिल समृद्धी बचत खाता” संचालनमा ल्याएको हो |
अभियानमा खाता नहुनेहरुलाई समेट्न नेपाल राष्ट्र बैंकले सहुलियत दिएको छ। खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन्। राष्ट्र बैंकले खाता खोल्दा लागू गरेको केवाइसी (नो योर कस्टमर) लाई समेत यो योजनाले सरलीकरण गरिदिएको छ । परिचय खुल्ने सरकारी कागजात हुने ब्यक्तिले सजिलै बैंक खाता खोल्न सक्ने छन । यो खातामा बार्षिक एक लाख रुपैयाँ सम्मको कारोबार गर्न पाईने सिभिल बैंक वीरगंज शाखाका प्रबन्धक सन्तोष कुमार साह ले जानकारी गराउनु भयो । यसै गरि अाज नयाँ वर्षको दिनमा पनि वीरगंज शाखाले अाफ्नो बैंकिङ कारोबार सुचारू नै राखेको थियो ।

Leave A Reply

Your email address will not be published.