Ultimate magazine theme for WordPress.

सार्वजनिक जग्गा अतिक्रमणको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धानलाई गुहार्दै स्थानीय

267

बारा, १७ असार / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया स्थित रहेको डबरी पोखराको सार्वजनिक जग्गा स्थानीय जनप्रतिनिधिकै सहयोगमा अतिक्रम गरिएको छ । स्थानीय जनप्रतिनिधिकै आफन्त रहेको हुदा सार्वजनिक जग्गा अतिक्रमण गरिएको स्थानीयले बताए ।
चुनावको बेला विभिन्न पार्टीका कर्ताधर्ता भोट माङ्गन घर दैलोमा आउने गरेको र जिते पश्चात् राज गर्ने अथवा हार्ने नेता मुख पनि नहेराउने गरेको स्थानीयले दुखेसो पोखे । जनतालाइ मात्र भेडा बनाउने कार्य गरेको यहि घटनाले प्रष्ट पारेको स्थानीयले दुखेसो पोखे । दिन प्रती दिन स्थानीय सरकारले गर्दै गरेको मनोमानी र भ्रष्टाचारको सीमा पार भएको बेलापनि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय समेत मौन हुनु लाजस्पद रहेको स्थानीयले आरोप लगाए । स्थानीय सरकार लगायत स्थानीय प्रहरी प्रशासन समेत सार्वजनिक जग्गा अतिक्रमणको बारेमा केही नगरेको स्थानीयहरू बताए । केही स्थानीयका अनुसार सार्वजनिक जग्गामा रहेको डबरी पोखराको जग्गा वडा अध्यक्षकै आफन्तको रहेको खुल्न आएको छ ।
यसरी दिनप्रतिदिन सार्वजनिक जग्गा अतिक्रम हुनु सरकारकै चलखेल रहेको त होइन भन्दै एक जना वृद्धले दुखेसो पोखे । उनले जनाए अनुसार टोलको पूर्वी भेगमा पर्ने नहरीको सडक अतिक्रमण भएको र हाल वडा अध्यक्षकै आफन्तले डबरी पोखराको जग्गा अतिक्रम गर्नु वडा अध्यक्षकै सहयोग रहेको बारे प्रमानित गर्दछ । तसर्थ : यस बिषयमा सम्बन्धित निकायको साथ साथै अख्तियार दुरूपयोग अनुसन्धानलाई स्थानीय जनताले गुहारेका छन ।

Leave A Reply

Your email address will not be published.