Ultimate magazine theme for WordPress.

साढे ५ किलो अवैध चाँदीसहित वीरगन्जमा युवक पक्राउ

91

बिरगंज ,पुष २३ : भारतको रक्सौलबाट वीरगन्ज भित्र्याउन लागेको अवस्थामा पर्सा प्रहरीले साढे ५ किलो अवैध चाँदी  सहित एक युवकलाई पक्राउ गरेको छ।

वीरगन्ज–३ का २७ वर्षीय प्रदीप साह सोनारलाई वीरगन्ज–१९ रजतजयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको हो। ना ३३ प ३३६२ नम्बरको मोटरसाइकलको सिटमुनि चाँदीको १५३ वटा सिन्दुर राख्ने डिब्बा लुकाइछिपाई ल्याउँदै गर्दा उनी प्रहरीको फन्दामा परेका हुन्। १५३ वटा चाँदीको डिब्बा तौल गर्दा ५ किलो ६१५ ग्राम रहेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए। यसको बजार भाउँ एक लाखभन्दा बढि रहेको प्रहरी अनुमान छ।

Leave A Reply

Your email address will not be published.