Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्स ट्रेन द ट्रेनर्स कोर्ष’ समापन

246

काठमाडौं १ चैत्र ,/ यूएन डिपीओ र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा संचालित ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्ष ट्रेन द ट्रेनर्स कोर्ष’ समाप्त भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र यूएन डिपीओका ड्याग रोजर डाह्लेनले तालिमको समापन समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विश्व शान्तिका लागि सयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर द्वण्द्वग्रस्त मुलुकहरुमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा नेपालका सुरक्षाकर्मीहरुले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहुँदै यस्ता प्रशिक्षणबाट प्राप्त ज्ञानले आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गर्नुपर्दा सहजता प्राप्त हुनुकासाथै सुरक्षाकर्मीहरुको व्यावसायिक दक्षतामा समेत अभिवृद्धि हुने बताउनुभयोे ।
उहाँले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव कार्यक्षेत्रमा लागू गर्नुकासाथै आगामी दिनमा संयुक्त राष्ट्रसंघीय मिसनहरुमा सहभागीता जनाउने सुरक्षाकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षार्थी अधिकृतहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफु मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै प्रभावकारी कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिम संचालन गर्न सहयोग पु¥याएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गर्नुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले संयुक्त राष्ट्रसंघीय मिशनमा नेपालले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै यस्ता तालिमले उत्कृष्ट प्रशिक्षक उत्पादनमा योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट संयुक्त राष्ट्रसंघको म्याण्डेट लगायत विविध पक्षहरुको बारेमा महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको विश्वास व्यक्त गर्नुभयो ।
यूएन डिपीओका ड्याग रोजर डाह्लेनले यस तालिमबाट शान्ति स्थापनार्थ विभिन्न मिसनमा खटिने सुरक्षाकर्मीलाई मिसनमा परिचालनपूर्व प्रि–डिप्लोयमेन्ट तालीम दिन सक्ने योग्य प्रशिक्षक उत्पादन गर्न तालीम सफल रहेको विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित दुई हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका १८ जना अधिकृत तथा नेपाल प्रहरीका ६ जना अधिकृत गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.