Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ बाहिनीद्वारा ६ महिनामा २१ करोडको समान बरामद

695

उमेश दुबे
पर्सा, २३ माघ / सशस्त्र प्रहरीले प्रदेश २ बाट ६ महिनामा २१ करोडभन्दा बढीको अबैध समान बरामद गरेको छ । सशस्त्र प्रहरीको २ छिन्नमस्ता बाहिनी र मातहत कार्यालयले आर्थिक वर्ष ०७६/७७ को साउनदेखि पुससम्ममा २१ करोड २२ लाख ६ हजार २ सय ८२ रुपैयाँको अवैध समान बरामद गरेको हो ।
सशस्त्र प्रहरीको २ छिन्नमस्ता बाहिनीले दिएको जानकारी अनुसार ६ महिनामा ११ लाख ४५ हजार ३ सय ४३ रुपैयाँको १२६.६५ ग्राम सुन, ६३ लाख १९ हजार १४७ रुपैयाँको १०३.४६५ के.जी. चाँदी, ३२ लाख ९ हजार ३ सय १० रुपैयाँको एक हजार १०१.७ घनफिट काठ, स्रोत नखुलेको अबैध रकम ६९ लाख ७८ हजार ७ सय ५५ र अन्य अबैध सामाग्रीहरु १९ करोड ४५ लाख ५३ हजार ७ सय २७ रुपैयाँको बरामद भएको छ ।
अघिल्लो आ.ब. ०७५/०७६ को सोही अवधिमा भन्दा ९ अर्ब २३ करोड ५३ लाख ३९८ रुपैयाँको बढी समान बरामद भएको छ । जुन अघिल्लो वर्षको भन्दा २९.७८ प्रतिशतले बढी देखिन्छ ।
त्यसैगरी सशस्त्र प्रहरीले पेस्तोल १० थान, १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक ४ थान गरी कुल १५ थान बन्दुक, २५ वटा राउण्ड गोली, ६ वटा क्याप, बारुद १५० ग्राम, लागू औषध गाजा २९८.४३ के.जी., चरेश ६१ के.जी., ब्राउन सुगर २ प्याकेट र अन्य लागूऔषध १४ हजार १६९ थान बरामद गर्नुको साथै अवैध क्रियाकलापमा संलग्न ७४ जनालाई नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.