Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल नेपालको ठूलो सफलता, लागू औषध बोकेको गाडी सहित २ जना पक्राउ

337

बारा, २८ पुस / बाराको बरैनिया नाका हुँदै नेपाल भित्रिरहेको लागू औषध गाडी सहित २ जनालाइ सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिन सफल भएको छ । लागू औषध नेपाल भित्रयाउन लागेको बिशेष सूचनाको अधारमा बोर्डर आउट पोस्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीको कमान्डमा खटिएको टोलिले लागू औषध सहित टाटा सुमो र दुई जनालाइ नियन्त्रणमा लिन सफल भएको हो ।
भारतबाट लागू औषध भित्रिने बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीको कमान्डमा खटिएको टोलिले बाराको मुसहर्वा गाउपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले जनाए अनुसार सोमबार राती करीब साढे १० बजेको समयमा भारतबाट आउदै गरेको प्रदेश ३-०३-००१ ज ००२६ नम्बरको टाटासुमो भित्र लूकाइ छिपाइ ल्यादै गरेको अवस्थामा ४ सय ९४ पिस प्रतिबन्धित लागू औषध बरामद गरेको जनाए ।
प्रतिबन्धित लागू औषध ओनेरेक्स २ सय ५२ पिस र विन सिरफ २ सय ४२ पिस बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्जिव पान्डेले जानकारी दिनुभयो । उहाले भारतको रक्सौल पन्चायत वडा नम्बर २० बस्ने अन्दाजी बर्ष २९ को सुशील कुमार र नेपालतर्फको हेटौडा नगरपालिका वडा नम्बर ४ बस्ने २३ बर्सिय बिवश न्योपानेलाइ समेत नियन्त्रणमा लिएको बताउनु भयो । नियन्त्रणमा लिएको लागू औषध, गाडी सहित दुबै जनालाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्जिव पान्डेले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.