Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बलद्वारा २५ केजि लागू औषध चरेस बरामद

289

पर्सा, १० भाद्र / पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाबाट सशस्त्र प्रहरी बलले लागू औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट अलौबाट खटिएको टोलिले २५ केजि लागू औषध चरेस बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनी र बोर्डर आउट पोस्ट अलौको सन्युक्त टोलिले लागू औषध चरेस बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी निरीक्षक रबि थापाको कमान्डमा खटिएको टोलिले २५ केजि लागू औषध चरेस बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीको टोलि हेर्नसाथ लागू औषध कारोबारी फरार भएपनी २५ केजि चरेस नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.