Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बलको नाम बेच्दै डिएसपी खडकाद्वारा तस्करीको लाइन खुल्ला, भिडियो सहित

296

उमेश दुबे

पर्सा, १५ जेष्ठ / नेपाल र भारतको सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले आफ्नो इमन्दारिता पूर्वक कार्य निर्वाह गरिरहेकै बेला एक जना सशस्त्र प्रहरी बल नेपालका डिएसपी आफ्नो संगठनको नीति निर्देशनलाइ धज्जी उडाउदै वर्दीलाई कमाइ खाने भाडो बनाएका छन । राजस्वको निम्ति समेत खटिने गरेका सशस्त्र प्रहरीले खुल्याम रकमको प्रलोभनमा परि नाकालाइ कमाइ खाने भाडो बनाए पश्चात सशस्त्र प्रहरी बल भित्र खैलाबैला भएको हो ।

नेपालकै प्रमुख नाका भनेर चिनिने बिरगंज भन्सारमा डिएसपी दरबन्दी मिलाउन हेडक्वाटरबाट नै मिलाइन्छ । मिलाउदा आइजिपीकै आसेपासे नै बिरगंज भन्सार जस्तो ठाउमा आउन सक्छ भन्ने बिषय पनि स्वभाविक हो । तर सशस्त्र प्रहरी संगठनकै प्रमुख आइजिपी शैलेन्द्र खन्नालले पठाएका डिएसपी सशस्त्र प्रहरी संगठनकै प्रमुखको नाम भजाउन थालेपछी के कुरा गर्ने ? आफ्नो वर्दीको साथ साथै पुरै सशस्त्र प्रहरी बलकै नाम बदनाम गर्दै बिरगंज भन्सार वरिपरिबाट तस्करीको लाइन सुचारू गरेका छन । तस्करी बारे विभिन्न सन्चार माध्यममा समाचार आएपनी सशस्त्र प्रहरी संगठनकै प्रमुख खन्नालको मौनताले संगठन माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

भिडियो

 

Leave A Reply

Your email address will not be published.