Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी उपरीक्षक कुवरकै निर्देशनमा पर्साको सीमाबाट तस्करी फस्टाउदै, एसपी कुवरको नाममा २ हजारसम्म रकम उठेको खुलासा

590

उमेश दुबे
पर्सा, २१ पौष / नेपाल र भारत सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलकै केही अधिकृतहरूको निर्देशनमा पर्सा जिल्लाबाट तस्करी फस्टाउदै गएको बुझिएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरकै निर्देशनमा तस्करी कार्य फस्टाउदै गएको हो ।
सशस्त्र प्रहरी बलमा राखिने घुमुवा टोलिलाइ हटाउन संगठनकै प्रमुख आइजिपी शैलेन्द्र खन्नालले निर्देशन दिनसाथ पर्साको सबै जसो बि.ओ.पि.का प्रमुखलाइ बोलाइ आकस्मिक मिटिङ्ग बसाइएको थियो । सशस्त्र प्रहरी बल, १३ नम्बर गणमा बसेको आकस्मिक बैठकले गणपतिको नामबाट समेत बि.ओ.पि.पतिनै रकम उठाउने निर्देशन आएपछी तस्करहरू सङ्ग सशस्त्र प्रहरी उपरीक्षकको नामले बि.ओ.पि पतिलाइ रकम दिने गरिएको प्रहरी श्रोतले जनाएको छ ।
आफुलाइ इमन्दार र कर्मठ भन्ने सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको नामले सीमाबाट २ हजारदेखी ३ लाखसम्म उठने गरेको बताइन्छ । स-सानोदेखी लिएर ठुला बडा तस्करसम्म एसपी कुवरको नामले पैसा नबुझाए पश्चात् तस्करीको कार्य सुचारू हुन नसक्ने भएपछी बाध्य भएर सशस्त्र प्रहरी निरीक्षकहरूलाइ नै पैसा दिने गरेको बताउछन ।
बिरगंजको श्रीसिया हुँदै तस्करीको कार्य गर्ने एक जना तस्करका अनुसार सशस्त्र प्रहरी बलले रकमको लागि स्कटिङ्ग समेत गर्ने गरेको बताएका छन । बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल सबै जनाको नामले रकम बुझे पश्चात् स्कटिङ्ग समेत गर्ने गरेको बताइन्छ । आफ्नो वर्दीलाई नै बेचेर मालसामान स्कटिङ्ग गरेको हेर्दा सशस्त्र प्रहरी बल संगठन माथी बिश्वास उठदै गएको स्थानिय एक जना वृद्धले बताए ।

नाम बडे दर्शन छोटे भन्ने हिन्दी कहावत जस्तै हालको समयमा सशस्त्र प्रहरी बल हुँदै गएको वृद्धले आरोप लगाए । जबसम्म सशस्त्र प्रहरी निरीक्षक पौडेल जस्तो अधिकृत छन तस्करी कार्य कसैले रोक्न नसक्ने बताए । सशस्त्र प्रहरी निरीक्षक पौडेल आइजिपी शैलेन्द्र खन्नालको पिए सङ्ग समन्वय भएकै कारण खुल्याम तस्करी गराउन थालिएको चर्चा परिचर्चा हुन थालिएको छ ।

Leave A Reply

Your email address will not be published.