Ultimate magazine theme for WordPress.

अनुसन्धानको नाममा पर्सा प्रहरीले गरे नाम कमाउने दाउ

322

उमेश दुबे
पर्सा, ३ फाल्गुन ÷ नेपालमा सशस्त्र प्रहरीले गरेको काम कारवाहीलाई नेपाल प्रहरीले संयुक्त रुपमा बताउदै प्रेस बिज्ञप्ति जारी गरेको पाइएको छ । नेपालको आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सार कार्यालयको मुल गेटबाट सशस्त्र प्रहरीले पक्राउ गरेको लागु औषधलाई नेपाल प्रहरीले आफ्नो टोली समेत मिलि संयुक्त रुपमा पक्राउ गरिएको बताएको हो ।
हाम्रो देश नेपालमा आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सार कार्यालयको मुल गेटबाट आज बिहान करिब ६ बजेर ३० मिनेटमा वीरगंज भन्सार राजस्व गस्ति टोलीले लागु औषध चरेस सहित २ जना भारतीय महिलालाई पक्राउ गरेको थियो । लागु औषध सहित पक्राउ गरेको महिलालई सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए पनि नेपाल प्रहरीले आफ्नो संयुक्त टोलीले पक्राउ गरेको बिज्ञप्तिमा उल्लेख छ ।
नेपाल र भारतको सीमा नाकाको सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरीले २४ औं घण्टा ड्युटी गरिरहेपनि आवश्यक कारवाहीको नाममा नेपाल प्रहरीले आफ्नो नाम समेत हाल्ने गरेको रहस्य यहि घटनाले प्रष्ट गरेको छ । वीरगंज महानगरपालिका वडा नं. १६ वीरगंज भन्सार कार्यालयको मुलगेटमा वीरगंज भन्सार राजस्व गस्ति टोलीले चेकजाच गर्ने क्रममा नेपालबाट भारततर्फ गइरहेको महिला माथि शंका लागि चेकजाच गर्ने क्रममा लागु औषध चरेस सहित पक्राउ गर्न सफल भएको थियो ।

भारतको घडियाना÷हरियाणा स्थाई ठेगाना बताउने महेश साहको छोरीहरु अन्दाजी बर्ष ३२ की निशा साहको साथबाट ४ किलो ग्राम (८ प्याकेट) र बर्ष ३० की सोनाली साहको साथबाट ५ किलो ग्राम (१० प्योकट) गरी जम्मा लागु औषध ९ किलो ग्राम पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले जानाएका थिए तर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन साथ नेपाल प्रहरीले आफ्नो नाम कमाउनको निम्ति संयुक्त रुपमा पक्राउ गरिएको प्रेस बिज्ञप्तिबाट प्रस्ट हुन्छ ।
लागु औषधको काम कारवाहीको जिम्मा पाएका नेपाल प्रहरीले मौकाको फाइदा उठाउदै आफ्नो संगठनलाई बलियो बनाउनको निम्ति संयुक्त प्रहरीको नाम दिदै आएको प्रहरी श्रोतले जनाएको छ । आवश्यक कारवाहीको लागि जिम्मा पाएका नेपाल प्रहरी संगठनले आफ्नो मनोमानी तरिका अर्काले गरेको कामलाई आफ्नो नामबाट बताउदै अगाडी बढिरहेको समेत यहि घटनाले प्रस्ट पारेको छ । तसर्थ ः नेपाल प्रहरी संगठनले काम कारवाही इमन्दारीता पूर्वक गरिरहेको ढोंग गर्ने माथिल्लो निकायको यसतर्फ ध्यान जान अति आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.