पर्सा, २३ भाद्र / पर्सा जिल्लाको सदरमुकाम वीरगंजको आदर्शनगरबाट सशस्त्र प्रहरीले काजु र मरिच बोकेको टेम्पू सहित चालकलाई नियन्त्रणमा लिन सफल भएको छ । प्रस्तावित सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगंजको आदर्शनगरबाट चोरी तस्करी गरी नेपाल भित्रयाउदै गरेको अवस्थामा काजु र मरिच बोकेको टेम्पू सहित चालकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
पर्साको छपकैया नाका हुदै काजु र मरिचको तस्करी भइरहेको बिशेष सुचना पाउनसाथ प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले काजु सहित मरिच र टेम्पु नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले जनाए अनुसार २७ वटा बटामा रहेको काजु र १८० किलोग्राम मरिच नियन्त्रणमा लिएको जनाएको छ । बाराको बरैनिया निवासी बिनोद भनिने चालक सहित टेम्पूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको टेम्पू, चालक, मरिच र काजुलाई अवाश्यक अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको रिजालले जानकारी दिनुभयो ।