Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले पक्राउ गरेको लागू औषध गाजा सहितको कार धनी, बारा प्रहरीद्वारा पक्राउ

235

बारा, २३ भाद्र / सशस्त्र प्रहरी बल नेपालले पक्राउ गरेको लागू औषध गाजा सहितको कारधनीलाई बारा प्रहरीले पक्राउ गरेको छ । भाद्र १५ गते बिहान करीब ४:३० बजेको समयमा लागू औषध गाजा लिएर आइरहेको क्रममा सशस्त्र प्रहरीले कारलाइ नियन्त्रणमा लिन सफल भएपनी चालक फरार भएको थियो । बिशेष सूचना पाउन साथ सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको बिशेष टोलिले लागू औषध बोकेको कार नियन्त्रणमा लिन सफल भएको थियो ।

यता सशस्त्र प्रहरीले बरामद गरि अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको कारको अनुसन्धान गर्दै जादा कारधनी चौधरीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्लाको कोल्बी नगरपालिका वडा नम्बर ५ सोनाभार टोल बस्ने लोकनाथ चौधरीको २२ बर्सिय छोरा सनि भनिने गौरी सन्कर चौधरीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । आज इलाका प्रहरी कार्यालय कोल्बी बाराबाट खटिएको टोलिले लूकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.