Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले नियन्त्रणमा लिए १७ वटा भैसी

244

पर्सा, ३ असार / नेपाल र भारतको सीमा हुँदै अबैध तरिकाले नेपाल भित्रयाइएको १७ गोटा भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रयाइरहेको सुचना पाउनसाथ बोर्डर आउट पोस्ट अलौबाट खटिएको टोलिले १७ वटा भैंसी बरामद गरेको हो ।
बिगत केही दिनदेखी विभिन्न नाका हुँदै अबैध तरिकाले भैंसी नेपाल भित्रिरहेको सूचना पाउनसाथ बोर्डर आउट पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमान्डमा खटिएको टोलिले पर्साको अपौनी नजिकैबाट नियन्त्रणमा लिन सफल भएको छ । आज बिहान करिब ६ बजेको समयमा अलौबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १७ वटा भैंसी अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार बुझाइने तयारी गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.