उमेश दुबे
पर्सा, २० श्रावण ÷ भारतबाट अवैध तरिकाले नेपाल भित्रिदै गरेको करिब ३ लाख बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । वीरगंजको श्रीसिया नाका हु“दै अवैध तरिकाले नेपाल भित्रिदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
भारतको रक्सौलबाट खरिद गरी अवैध तरिकाले भन्सार छलि गरी नेपाल भित्रिदै गरेको अवस्थामा सूचना पाउनसाथ १३ नम्बर गणबाट खटिएको टोलीले श्रीसियाबाट बरामद गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले जानकारी दिनुभयो । उहाले बरामद गरेको कपडा करिब २ लाख ८१ हजार बराबरको रहेको र आवाश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय वीरगंजमा बुझाइएको बताउनु भयो ।
Prev Post