Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा १५ किलो ग्राम चान्दी सहित महतो पक्राउ

419

उमेश दुबे
पर्सा, २० श्रावण / महोतरी जिल्लाको मटियानीबाट १५ किलो ग्राम चान्दी सहित एक जनालाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना पाउनसाथ खटिएको सशस्त्र प्रहरीको टोलिले मटियानीबाट एक जना नेपाली नागरिक सहित १५ किलो ग्राम चान्दी पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
बोर्डर आउट पोस्ट मटियानीबाट सशस्त्र प्रहरी निरीक्षक सुबाश चन्द्र मैनालीको कमान्डमा खटिएको टोलिले १५ किलो ग्राम चान्दी सहित एक जना नेपाली नागरिकलाई पक्राउ गर्न सफल भएको सशस्त्र
प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मुसहर्निया निवासी ३५ बर्सिय बिरेन्द्र महतो रहेको सशस्त्र प्रहरी बल, ९ नम्बर गणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.