Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध गाजा बरामद

178

बारा, ८ चैत्र ÷ नेपाल र भारतको सीमा नजिकैबाट सशस्त्र प्रहरीले लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट लागु औषध गाजा भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ७ त्रिवेणीघाटबाट सशस्त्र प्रहरीले लागु औषध गाजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतका अनुसार बिशेष सुचना आउनसाथ सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट बेनौलीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सिंहबीर मल्ल सहितको ९ जनाको टोलीले लागु औषध गाजा बरामद गर्न सफल भएको बताउनु भयो । उहाले शनिवार साझ करिब ७ बजेर ४५ मिनेटको समयमा लागु औषध गाजा बरामद गरिएको बताउनु भयो ।
बिशेष सूचनाको आधारमा बोर्डर आउट पोष्ट बेनौलीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोली देख्नसाथ तस्कर फरार भएपनि लागु औषध गाजा १० किलोग्राम बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताउनु भयो । बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय सिम्रौणगढमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सिंहबीर मल्लले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.